११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु « Khabarhub

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्‌घाटन गरेका छन् । 

प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका छन् । पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विजेता बनेर विद्यार्थी छनोट भई जिल्लास्तरीय खेलमा सहभागी भएका हुन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४०० विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

छात्र र छात्रातर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कूल ४२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विजेता खेलाडी गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुनेछन् । 

प्रथम हुने पालिकालाई रु २० हजारका साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय र तृतीय हुने पालिकालाई क्रमशः रु १५ हजार र रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने खेलकुद विकास समितिले जनाएको छ । 

प्रतियोगिताको उद्‌घाटन समारोहमा पूर्वराज्यमन्त्री गर्बुजाले खेलकुदले युवा विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गर्दै मुलुकका लागि हरेक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पालिकास्तरमा पहिचान भएका खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्नका लागि रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग पुर्‍याउनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ३८ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा