यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित « Khabarhub

यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको छ, जुन चार वर्ष लामो युद्धमा कीएभको सबैभन्दा ठूलो आक्रमण प्रयासहरूमध्ये एक मानिन्छ । रक्षा मन्त्रालयका अनुसार, नष्ट गरिएका ड्रोनमध्ये ३२ ड्रोन मस्कोतर्फ उड्दै थिए । यस आक्रमणका कारण मस्कोका चारै विमानस्थल अस्थायी रूपमा बन्द गर्नुपरेको थियो, जसले विमान उडानमा ठूलो ढिलाइ र यात्रुहरूमा असुविधा सिर्जना गर्यो ।

मस्को क्षेत्रकी डाक्टर रैसाले भने, “हामी १२ घण्टा भन्दा बढी विमानस्थलमा पर्खिरहेका छौँ, र हाम्रो उडान ‘एक घण्टा ढिला’ भैरहेको छ ।” हवाई मार्ग बन्द हुँदा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानको विमान पनि मस्कोमा अवतरण गर्न नसकेर सेंट पिटर्सबर्ग उडे । पछि उनी सोही दिन मस्को पुगे ।

यूक्रेनले रूसले रातभरि १५१ ड्रोन र ३ मिसाइल प्रहार गरेको जनाएको छ । पूर्वी पोल्टाभा क्षेत्रीय प्रशासनले स्थानीय ऊर्जा संरचनामा आक्रमण र आगलागी भएको जानकारी दिएको छ । नाफ्टोगाजका प्रमुख सर्जिय कोरेत्स्कीका अनुसार यस वर्षको आक्रमण पहिलेको भन्दा तीव्र र चाँडो सुरु भएको छ, जसले जाडो मौसममा यूक्रेनका लागि चुनौती बढाएको छ ।

विश्लेषकहरूले रूसले पछिल्ला महिनामा यूक्रेनमा रेकर्ड सङ्ख्यामा ड्रोन र मिसाइल प्रहार गरेको जनाएका छन् । यूक्रेन र यसको साझेदार देशहरूले युरोपकै सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ३८ बजे

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको