रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा « Khabarhub

रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सहकारी ठगी आरोपित रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा बयान सकिएपनि थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेश गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश जारी गरेको सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार; रविलाई हाल काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर लगेको छ । बहस नसकिउञ्जेल प्रहरीकै जिम्मामा लामिछाने अदालत उपस्थित हुनेछन्‌ ।

काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानसँग दिनभर बयान लिइएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ३६ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम