लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने « Khabarhub

लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ । 

त्यसका लागि नगरका ५९ सामुदायिक र ११ धार्मिक विद्यालयका शिक्षकहरूलाई तालिम दिन सुरु गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिए । 

प्रमुख कटुवालका अनुसार ३५/३५ जनाको समूह बनाई पहिलो समूहलाई यही पुस २४, २५ र २६ गते  तालिम दिइसकिएको र दोस्रो समूहको तालिम आजदेखि सुरु गरिएको छ । 

यस अभियानले फरक क्षमता भएका बालबालिकाको पहिचान र समयमै उपचार गरी शिक्षण सिकाइमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

‘हामीले बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गताको अवस्था पहिचान गर्न लागेका छौँ । कुनै पनि बालबालिका एकअर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन्’, प्रमुख कटुवालले भने, ‘त्यसैले उनीहरूको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले नियमित क्रियाकलापमा परिरहेको असर समयमै पहिचान गर्न सके उपचार गर्न र विशेष सीप सिकाउन सजिलो हुन्छ ।’

नगरप्रमुख महेशप्रसाद चौधरीले शिक्षकलाई दिइएको यस प्रकृतिको तालिमले फरक क्षमता भएका बालबालिकाको अवस्था, रुचि र आवश्यकता पहिचान गरी सोहीअनुसार पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे  । 

बालबालिकामा उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसरका लागि क्रियाशील हुन नगरपालिकालगायत सरोकारवालालाई पनि यसले सहजता प्रदान गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ३५ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही