काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने  | Khabarhub Khabarhub

काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने 


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३  किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) लगाइने भएको छ । 

जनस्वास्थ्य कार्यालय काठमाडौंले आज आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौंका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिए । 

उनका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ ।  

काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपीभी खोप दिइने विष्टले बताए । 

एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि ६ सञ्चालन हुने महानगरले जनाएको छ । 

जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताए । उनले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताए  । 

सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय  किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । 

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरूले बताएका छन् । 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ४१ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी