सत्ता गठबन्धन फेरिने हल्ला मात्रै, तत्काल तलमाथि हुँदैन : लेखराज भट्ट « Khabarhub

सत्ता गठबन्धन फेरिने हल्ला मात्रै, तत्काल तलमाथि हुँदैन : लेखराज भट्ट


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धन फेरिने हल्ला मात्रै भएको बताएका छन् ।

राजनीतिक निकास र स्थायीत्वका लागि दुई ठूला दलको सत्ता समीकरण भएको बताउँदै भट्टले गठबन्धन बलियो रहेको जिकिर गरेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी पार्टीको प्रचार तथा प्रकाशन विभागको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनसहितका विषयमा दुई दलबीच तलमाथि नहुने दाबी गरे ।

अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रुपमा संविधान संशोधन गर्न सकिने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा रहे भट्टले स्पष्ट पारे ।

‘अहिलेदेखि नै विधानका कुन–कुन दफा संशोधन गर्ने छलफल गर्दै जानुपर्छ’, भट्टले भने, ‘बैठकमा अध्यक्ष कमरेडकै शब्द के थियो भने, २०८७ मा संविधान पूरा संशोधन हुनसक्छ ।’ तर त्यो प्रक्रिया अहिलेबाटै थालिने कुरा अध्यक्ष ओलीले बताएको उनले उल्लेख गरे ।

‘बैठकमा विभिन्न कोणबाट छलफल हुन्छन् । त्यसले दुई दलको ७ बुँदे सहमतिमा असर पर्छ भन्ने हुँदैन’, उनले भने, ‘यसले समीकरण पनि तलमाथि हुँदैन ।’

प्रदेश कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पुस २३ गते सम्पन्न केन्द्रीय कमिटीको आठौँ बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुने भनेपछि गठबन्धनमा खटपट हुने चर्चा चलेको छ। यस्तोमा सचिव भट्टले प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनमा हुने स्पष्ट पारेका हुन् । नेता भट्टले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुईतिहाइ बहुमत नभएको सन्दर्भलाई लिएर उक्त कुरा बोलेको पनि उल्लेख गरे ।

केन्द्रीय कमिटीमा विभिन्न एजेन्डामा छलफल हुने क्रममा संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नहुँदा त्यसमा जोड गरेर एमालेको मिसन २०८४ लाई सफल पार्नुपर्छ भन्नुभएको थियो’, त्यसैलाई अनावश्यक हल्ला चलाइएकोमा सत्यता नभएको भट्टले बताए ।

फरक प्रसङ्गमा बोल्दै सचिव भट्टले पार्टीका गलत प्रवृत्तिलाई परास्त गर्दै एकढिक्का हुनुपर्ने कुरामा दुई मत नभएको बताए ।

पार्टी अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा स्पष्ट उक्त कुरा उल्लेख गरिएको बताउँदै उनले दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गर्दै एकताबद्ध हुनु्पर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ५३ बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका