नबिलले सुरक्षा व्यवस्थापनका लागि पायो आइएसओ प्रमाणपत्र « Khabarhub

नबिलले सुरक्षा व्यवस्थापनका लागि पायो आइएसओ प्रमाणपत्र


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१:२०२२ प्रमाणपत्र पाएको छ । 

यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो । यो उपलब्धि नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।

नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा आज बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।  

नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । 

उनले भने, ‘हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ। यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रक्रियालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छौँ।’

आईएसओ २७००१:२०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ५२ बजे

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक