स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे « Khabarhub

स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे

कम्पनीलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्कासन तयारी


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे मनोनीत भएका छन् ।

सञ्चालक कम्पनी वोन्डर्स नेपाल प्रालिको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समिति पुनर्गठन गर्दै सिंहलाई अध्यक्ष र पाण्डेलाई प्रबन्ध निर्देशकमा मनोनीत गरेको हो ।

सभाले सञ्चालक समिति पुनर्गठन गर्नुका साथै कम्पनीलाई पब्लिक लिमिटेडमा लैजानेसमेत प्रस्ताव पारित गरेको छ ।

पब्लिक लिमिटेडमा गइसकेपछि कम्पनीको साधारण शेयर निष्कासनको बाटो खुल्नेछ । त्यसअवसरमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण समेत पारित गरिएको थियो ।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिन काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

स्काइ वाकबाट ऐतिहासिक रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत् पुग्न सकिन्छ । दुईवटा लिफ्ट सुविधा रहेको टावरमा एकै पटक ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

टावरको २५ औँ तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ३८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६