स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे « Khabarhub

स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे

कम्पनीलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्कासन तयारी


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे मनोनीत भएका छन् ।

सञ्चालक कम्पनी वोन्डर्स नेपाल प्रालिको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समिति पुनर्गठन गर्दै सिंहलाई अध्यक्ष र पाण्डेलाई प्रबन्ध निर्देशकमा मनोनीत गरेको हो ।

सभाले सञ्चालक समिति पुनर्गठन गर्नुका साथै कम्पनीलाई पब्लिक लिमिटेडमा लैजानेसमेत प्रस्ताव पारित गरेको छ ।

पब्लिक लिमिटेडमा गइसकेपछि कम्पनीको साधारण शेयर निष्कासनको बाटो खुल्नेछ । त्यसअवसरमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण समेत पारित गरिएको थियो ।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिन काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

स्काइ वाकबाट ऐतिहासिक रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत् पुग्न सकिन्छ । दुईवटा लिफ्ट सुविधा रहेको टावरमा एकै पटक ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

टावरको २५ औँ तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ३८ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९