देउवाको नक्कली विज्ञप्ति प्रचण्ड र सुरेन्द्र केसीको फेसबुक ग्रुपतिर, कांग्रेसको कडा आपत्ति « Khabarhub

देउवाको नक्कली विज्ञप्ति प्रचण्ड र सुरेन्द्र केसीको फेसबुक ग्रुपतिर, कांग्रेसको कडा आपत्ति


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याएपछि सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गरेको भन्दै नक्कली विज्ञप्ति भाइरल बनाएको भेटिएको छ ।

ती अध्यादेश जारी गर्नुअघि सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवासमै लामो छलफल भएको थियो ।

तर, पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकसहितमा अफवाह फैल्याउने क्रमलाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा नक्कली विज्ञप्ति निकालेर भाइरल बनाएको भेटिएको हो ।

यसलाई लिएर नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कडा आपत्ति जनाएका छन् । उनले सभापति देउवाले कुनै किसिमको विज्ञप्ति ननिकालेको अवस्थामा अफवाह फैल्याउने काम भएको बताएका छन् ।

‘कुत्सित मनसायबाट प्रेरित भई नेपाली कांग्रेस पार्टी सभापति (शेरबहादुर देउवा) को नामबाट नक्कली प्रेस वक्तव्य बनाई विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएको देखिँदा हामी अचम्मित भएका छौँ । यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विश्वकर्माले भनेका छन्, ‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित यस्ता अनैतिक र गैरकानूनी कार्यको कडा निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

यस्ता भ्रम फैल्याउने गतिविधिबाट प्रभावित नहुन पनि उनले नेपाली कांग्रेसको तर्फबाट आग्रह गरेका छन् ।

उता कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि अफवाह फैल्याउने यस्तो कार्यलाई आपत्तिजनक र आपराधिक भनेका छन् ।

‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारबारे अन्यौल सिर्जना गरी जनतालाई दिगभ्रमित गर्ने कुत्सित मनसायबाट कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, पौडेलले पनि विश्वकर्माकै भाषामा भनेका छन्, ‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जोकसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग कांग्रेस जोडदार माग गर्दछ ।’

के थियो नक्कली विज्ञप्तिमा ?

सभापति देउवाको नाममा जारी नक्कली विज्ञप्तिमा संसद् अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको ब्यहोरा उल्लेख थियो ।

‘संसद् अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसद्‍लाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, उक्त नक्कली विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।’

उक्त विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाटै जारी गरेको शैलीमा निकालिएको छ । जसमा कांग्रेसको छापदेखि सभापति देउवाको हस्ताक्षरसमेत प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ०३ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल