केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत « Khabarhub

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् ।

काउन्सिलले आज यहाँ आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उनले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गरे ।

अध्यक्ष बस्नेतले पत्रकारिता समाज सुधारको आधार र पथप्रदर्शक भएकाले सोहीअनुसार सकारात्मक उद्देश्यका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए ।

“केही सञ्चार माध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ । त्यसैले सबै सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्छ । पत्रकारहरु कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो होइन । पत्रकारले अरुलाई दुःख दिन हुँदैन”, उनले भने ।

विषयविज्ञका रूपमा पत्रकार विमल गौतम र काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ०१ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६