ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त « Khabarhub

ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् ।

वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो ।

ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मंगलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।

ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप–वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो ।

प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ ।

“तथापि एजेन्सीभर हालैको व्यापक कर्मचारी कटौती।।। विदेशी सहायता छुटको दायरा र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका साथ मिलेर, युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण र सुरक्षा गर्ने क्षमता कमजोर भएको छ”, प्रतिवेदनमा भनिएको छ ।

ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए । उनीहरू सङ्घीय सरकारका स्वतन्त्र निगरानीकर्ता  थिए तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्तगरेका मार्टिन भने पदमा रहेका थिए

गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अङ्गलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेका छन् ।

सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो ।

युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभर वितरित मानवीय सहायताको ४२ प्रतिशत हो ।

चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा यसलाई हेरिएको थियो ।

ट्रम्प प्रशासनले विदेशी सहायता रोकेको छ, हजारौँ अन्तर्राष्ट्रिय आधारित कर्मचारीलाई संयुक्त राज्य अमेरिका फर्कन आदेश दिएको छ र युएसएडका १० हजार कर्मचारीको सङ्ख्या करिब तीन सयमा घटाउन थालेको छ ।

श्रमिक युनियनहरूले आक्रमणको वैधतालाई चुनौती दिइरहेका छन् । एक सङ्घीय न्यायाधीशले सप्ताहन्तमा दुई हजार दुई सय युएसएड कामदारलाई भुक्तान बिदामा राख्ने प्रशासनको योजनामा शुक्रबार रोक लगाउने आदेश दिएका छन् ।

डेमोक्रेटहरूले व्यवस्थापिकाको स्वीकृति बिना ट्रम्पले सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक हुने बताएका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ०८ बजे

सरकारले जेन-जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले जेन-जी

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी

डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ

काठमाडौं– प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ परेका

नागढुङ्गा नौबिसे सडक : स्तरोन्नतिको काम सुरु (तस्बिरहरू)

काठमाडौं– नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र