लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा « Khabarhub

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ । लोसपाले बुधबार विज्ञप्ति जारी गरेर अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको जनाएको छ । 

‘अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ । समग्रमा यो अध्यादेश जनताको हितविपरित भएको हाम्रो स्पष्ट धारणा छ,’ अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा लोसपा नेपालले यस अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ 

अत्यन्त गरीब र पिछिडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारुलगायतका पूर्णरुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने अध्यादेशको अन्तर्य रहेको लोसपाको दाबी छ । 

लोसपाबाट प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एकजना सांसद छन् । यसअघि सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि भूमिसम्बन्धी अध्यादेशको पक्षमा नउभिने घोषणा गरेको थियो । राष्ट्रियसभामा जसपा नेपालका तीन जना सांसद छन् ।

राष्ट्रियसभामा संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि सरकारले संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्न सकेको छैन ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : २० बजे

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी