प्रधानमन्त्रीले भने- शान्ति सुरक्षा बिगार्नेलाई काठमाडौंको नाका कटाउनुपर्छ « Khabarhub

प्रधानमन्त्रीले भने- शान्ति सुरक्षा बिगार्नेलाई काठमाडौंको नाका कटाउनुपर्छ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक देशको नाम लिएर मुलुकमा अराजकता र सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोज्नेलाई काठमाडौंको नाका कटाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले अनेक देशको नाम लिएर विद्रोह गर्छौँ भन्नेहरू निस्किएको भन्दै मुलुकमा अराजकता र सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोज्नेलाई काठमाडौं नाका कटाउनका लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताएका हुन् ।

देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्त्वहरूले कुनै गतिविधि गर्न थालेमा भने देश, संविधान र लोकतन्त्रको हितका लड्नुपर्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकामा त्यस अनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गरे ।

उनले संसद्मा थोरै सिट भएर पनि ठुला दललाई पालैपालो बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्नेहरूबाट चेतेर एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भएको स्मरण गराए ।उनले दुई दलको सहमति बमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जनाए ।

प्रधानमन्त्री ओलीले विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाएपनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा सुस्पष्टताका साथ अगाडि बढ्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि संघीय संसदमा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सौख र आवश्यकता आफूहरूलाई नरहेको स्पष्ट गरे । 

त्यस्तै उनले जनतालाई निष्पक्ष एवं छिटो छरितोरुपमा सेवा दिन निजामती कर्मचारीहरूलाई निर्देशन दिए  । 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ५४ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८