स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय « Khabarhub

स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रस्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रूपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ ।

प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित विभागीय प्रमुखकै जिम्मेवारी रहने सार्वजनिक खरिद ऐनको व्यवस्था उल्लेख गर्दै कानूनको पालना नभएको अवस्थामा सम्बन्धित कर्मचारीहरू नै जिम्मेवार रहने कुरा बेवास्ता गरी मन्त्री तथा पदाधिकारीलाई निराधार आरोपमा निहित स्वार्थपूर्तिका लागि निरन्तर समाचार प्रकाशन हुनु पत्रकारिताको सिद्धान्त, मर्म र भावना विपरीत रहेको छ । 

विज्ञप्तिमा केही समययता मन्त्रालयले थालेका सुधारका कामलाई ओझेलमा पार्ने र आम जनमानसमा भ्रम पैदा गर्ने काम भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनीयताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ ।

यसैबीच, स्वास्थ्य सेवा विभागलेसमेत एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा भई नसकेको अवस्थामा यसलाई प्रभावित पार्ने गरी गलत समाचार प्रकाशन भएको भन्दै नियमानुसार नै प्रक्रिया अघि बढिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ११ बजे

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान,

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ

साताको कार्टुन

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको

आजको मौसम पूर्वानुमान : कुन प्रदेशको मौसम कस्तो छ ?

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति