अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ | Khabarhub Khabarhub

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १५३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२५ जना पुरुष र २८ जना महिला रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३० गतेसम्मको अवधिमा पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ।

पक्राउ पर्नेहरुमा चेक अनादर मुद्दामा ९६ जना, लागुऔषध मुद्दामा १४ जना, बैंकिङ कसुरमा १८ जना, अभद्र व्यवहारमा ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेकोमा २ जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा १ जना, कुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना र चोरी मुद्दामा ९ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षाक अविनाशदिप जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ०४ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।