पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल « Khabarhub

पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई पिएसजीसँगको खेलमा ठुलो धक्का लागेको छ।

दोस्रो चरणको पहिलो लेगमा १-० को अवे जित हात पारेको लिभरपुल मंगलबार भएको दोस्रो चरणको दोस्रो लेगमा पिएसजीसँग घरेलु भूमिमै पराजित भएको हो।

खेलको अवधिभर बराबरी पछि भएको पेनाल्टी सुट आउटमा पिएसजीले लिभरपुललाई ४–१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

पिएसजीका लागि १२ औँ मिनेटमा ओसामाने डम्बालेले गोल गरेका थिए। अघिल्लो खेलमा लिभरपुल १–० ले विजयी भएको थियो भने गएराति पिएजीले १–० को जित निकाल्यो। दुवै लेगमा गरेर दुई टिमले बराबरी नतिजा निकालेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

पेनाल्टी सुट आउटमा पिएसजीको जितमा गोलरक्षक जियान लुइगी डोनरुमा नायक भए।

उनले डारविन नुनेज र क्रिस्चयन जोन्सको पेनाल्टी प्रहार बचाए। पिएसजीका लागि डिजाइर डाउले विजयी गोल प्रहार गरेका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ११ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो