पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल « Khabarhub

पिएसजीसँग पराजित भएसँगै च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको पहिलो चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको लिभरपुललाई पिएसजीसँगको खेलमा ठुलो धक्का लागेको छ।

दोस्रो चरणको पहिलो लेगमा १-० को अवे जित हात पारेको लिभरपुल मंगलबार भएको दोस्रो चरणको दोस्रो लेगमा पिएसजीसँग घरेलु भूमिमै पराजित भएको हो।

खेलको अवधिभर बराबरी पछि भएको पेनाल्टी सुट आउटमा पिएसजीले लिभरपुललाई ४–१ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

पिएसजीका लागि १२ औँ मिनेटमा ओसामाने डम्बालेले गोल गरेका थिए। अघिल्लो खेलमा लिभरपुल १–० ले विजयी भएको थियो भने गएराति पिएजीले १–० को जित निकाल्यो। दुवै लेगमा गरेर दुई टिमले बराबरी नतिजा निकालेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

पेनाल्टी सुट आउटमा पिएसजीको जितमा गोलरक्षक जियान लुइगी डोनरुमा नायक भए।

उनले डारविन नुनेज र क्रिस्चयन जोन्सको पेनाल्टी प्रहार बचाए। पिएसजीका लागि डिजाइर डाउले विजयी गोल प्रहार गरेका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ११ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई