पाकिस्तान रेल अपहरण : २१४ बन्दी, ३० को हत्या | Khabarhub Khabarhub

पाकिस्तान रेल अपहरण : २१४ बन्दी, ३० को हत्या


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद – पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको हो। सो सङ्गठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ। उक्त रेल क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ।

प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीले जनाएका छन्।

सुरक्षा निकायले दिएको जानकारी अनुसार रेल नियन्त्रणमा लिने क्रममा महिला र बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको थियो। त्यसमा रहेका १०४ जनालाई भने सुरक्षा निकायले उद्धार गरेको छ। उद्धार हुनेमा ५८, पुरुष, ३१ महिला तथा १५ बालबालिका छन्। घटनाको पूर्ण विवरण अझै आइसकेको छैन।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे। यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन्।

भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ। रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : २१ बजे

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन नागरिकलाई अपहरण गर्ने महिला पक्राउ

काठमाडौं – मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया

लामो भन्नु छैन, प्रधानमन्त्रीले स्पष्टीकरण नदिए संसद् चल्दैन : प्रचण्ड

काठमाडौं– नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङबारे संसदमा प्रधानमन्त्री

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाडौं – अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने

बालेन्द्रलाई महानगरका कर्मचारीको अल्टिमेटम- सात दिनभित्र हाम्रो खातामा तलब आओस्

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक हप्ताभित्र तलब पाउने