पाकिस्तान रेल अपहरण : २१४ बन्दी, ३० को हत्या « Khabarhub

पाकिस्तान रेल अपहरण : २१४ बन्दी, ३० को हत्या


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद – पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको हो। सो सङ्गठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ। उक्त रेल क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ।

प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीले जनाएका छन्।

सुरक्षा निकायले दिएको जानकारी अनुसार रेल नियन्त्रणमा लिने क्रममा महिला र बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको थियो। त्यसमा रहेका १०४ जनालाई भने सुरक्षा निकायले उद्धार गरेको छ। उद्धार हुनेमा ५८, पुरुष, ३१ महिला तथा १५ बालबालिका छन्। घटनाको पूर्ण विवरण अझै आइसकेको छैन।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे। यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन्।

भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ। रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : २१ बजे

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च

गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ?

नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ

संघीय संसदका दुवै सदनमा आजदेखि ‘प्रि–बजेट’ छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्गर्त प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी

गण्डकी– पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने