प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने « Khabarhub

प्रधानमन्त्री कप : आज सुदूरपश्चिम र आर्मी तथा कोशी र पुलिस भिड्ने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् । 

सुदूरपश्चिम र आर्मीको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । आर्मीले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

यस्तै, कोशी प्रदेश र नेपाल पुलिसबीचको खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुनेछ । अहिलेसम्मका खेलमा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ । पुलिसले आज दोस्रो खेल खेल्दैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : २८ बजे

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको