सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान « Khabarhub

सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनी क्षेत्रफलमा मकैखेती गरिरहेका छन् ।

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् ।

कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो । समूहले सामूहिक खेतीका निम्ति १६ लाख लगानी गरेको छ । कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले अनुदान प्रदान गरेको छ ।

रामपुर हाइब्रिड १६ र मनकामना–३ प्रजातिका उन्नत जातका लगाइएको छ । परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषियन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरेको छ ।

सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईँका अनुसार सामूहिक खेतीका सदस्य आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन् ।

स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि पनि अपनाउने सोचमा उनीहरु छन् ।  कृषि पर्यटन प्रवर्द्धन गर्दै अन्य किसानलाई समेत सामूहिक खेतीप्रति आकर्षित गर्ने समूहको लक्ष्य  छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ४३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका