हुम्लाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो « Khabarhub

हुम्लाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुुम्लामा माटोको ढिस्कोमा पुरिएर घाइते भएका चार जनाको उद्धार गरी सुर्खेतमा ल्याइएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर घाइते भएकालाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । 

मोटोको ढिस्को पुर्दा स्थानीय नेत्रकला जैशीको मृत्यु हुनका साथै चार जना घाइतेका भएका थिए ।  घाइते भएका वर्ष २५ का तिर्थकला जैशी, वर्ष ३७ का जालकी जैशी, वर्ष २२ का मन्जु जैशी र वर्ष २९ का लक्ष्मादेवी जैशीलाई थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सूचना अधिकारी राजेन्द्रकुमार चन्दले बताए । 

‘उहाँहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ,’ उनले भने, ‘उनीहरूको अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।’

घाइतेको सुर्खेतको वीरेन्द्रनगर–१२ स्थित पश्चिम एयर वेशदेखि हुम्लाको लागि टेकअप भएको नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : ५७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस