गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार « Khabarhub

गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । 

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य संकेत नम्बर प्रदान गरिएको हो । सङ्घ सरकारको नीतिअनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोफाइल तयार पारेको हो ।

प्रदेशमा थप १५ स्थानीय तहमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न बाँकी रहेको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए । स्थानीय तहसँगको सहकार्यमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिएको उनको भनाई छ ।

 ‘परिवारका हरेक सदस्यको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्रोफाइलमा समेटिएको छ’, महानिर्देशक खड्काले भने, ‘क्यूआर कोडमार्फत हरेक व्यक्तिको स्वास्थ्य विवरण सुरक्षित र अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था हुँदैछ ।’

व्यक्तिगत स्वास्थ्य विवरण गोप्य रहने उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्वास्थ्यकर्मी घरदैलोमै पुगेर तथ्यांक संकलन गरी पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरेको बताए । ‘पारिवारिक स्वास्थ्य प्रोफाइलले वास्तविक सेवाग्राही सङ्ख्या पनि यकिन गर्न सजिलो भएको छ’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्न पनि यसबाट राज्यलाई मद्दत पुग्छ ।’ 

बिरामीको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न र उपचारमा सहजीकरण गर्न पनि पारिवारिक स्वास्थ्य प्रोफाइलले सघाउने प्रमुख सापकोटाले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : १४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै