गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार | Khabarhub Khabarhub

गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । 

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य संकेत नम्बर प्रदान गरिएको हो । सङ्घ सरकारको नीतिअनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोफाइल तयार पारेको हो ।

प्रदेशमा थप १५ स्थानीय तहमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न बाँकी रहेको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए । स्थानीय तहसँगको सहकार्यमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिएको उनको भनाई छ ।

 ‘परिवारका हरेक सदस्यको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्रोफाइलमा समेटिएको छ’, महानिर्देशक खड्काले भने, ‘क्यूआर कोडमार्फत हरेक व्यक्तिको स्वास्थ्य विवरण सुरक्षित र अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था हुँदैछ ।’

व्यक्तिगत स्वास्थ्य विवरण गोप्य रहने उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्वास्थ्यकर्मी घरदैलोमै पुगेर तथ्यांक संकलन गरी पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरेको बताए । ‘पारिवारिक स्वास्थ्य प्रोफाइलले वास्तविक सेवाग्राही सङ्ख्या पनि यकिन गर्न सजिलो भएको छ’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्न पनि यसबाट राज्यलाई मद्दत पुग्छ ।’ 

बिरामीको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न र उपचारमा सहजीकरण गर्न पनि पारिवारिक स्वास्थ्य प्रोफाइलले सघाउने प्रमुख सापकोटाले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : १४ बजे

सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए 

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि

काठमाडौं– बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा वृद्धि गरेका छन् ।

प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु  

एजेनसी– एक सुडानी युद्ध निगरानी समूहले मंगलबार सेनामाथि देशको पश्चिमी

आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन

काठमाडौं– आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल