गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार « Khabarhub

गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । 

गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य संकेत नम्बर प्रदान गरिएको हो । सङ्घ सरकारको नीतिअनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोफाइल तयार पारेको हो ।

प्रदेशमा थप १५ स्थानीय तहमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न बाँकी रहेको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए । स्थानीय तहसँगको सहकार्यमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिएको उनको भनाई छ ।

 ‘परिवारका हरेक सदस्यको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्रोफाइलमा समेटिएको छ’, महानिर्देशक खड्काले भने, ‘क्यूआर कोडमार्फत हरेक व्यक्तिको स्वास्थ्य विवरण सुरक्षित र अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था हुँदैछ ।’

व्यक्तिगत स्वास्थ्य विवरण गोप्य रहने उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्वास्थ्यकर्मी घरदैलोमै पुगेर तथ्यांक संकलन गरी पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरेको बताए । ‘पारिवारिक स्वास्थ्य प्रोफाइलले वास्तविक सेवाग्राही सङ्ख्या पनि यकिन गर्न सजिलो भएको छ’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्न पनि यसबाट राज्यलाई मद्दत पुग्छ ।’ 

बिरामीको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न र उपचारमा सहजीकरण गर्न पनि पारिवारिक स्वास्थ्य प्रोफाइलले सघाउने प्रमुख सापकोटाले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : १४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित