आजका समाचार : संसद्‌मा कांग्रेस रास्वपा भनाभन, स्ववियुमै दलहरूको गठबन्धन र पाकिस्तानमा रेल नै हाइज्याक  | Khabarhub Khabarhub

आजका समाचार : संसद्‌मा कांग्रेस रास्वपा भनाभन, स्ववियुमै दलहरूको गठबन्धन र पाकिस्तानमा रेल नै हाइज्याक 


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औँ सम्मेलनबाट पारित सातबुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ ।

उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्षसहितको सात बुँदे घोषणापत्र आज प्रधानमन्त्री निवास, बालुवाटारमा हस्तान्तरण गरिएको हो ।

घोषणापत्र हस्तान्तरणका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभागी थिए।

सो घोषणापत्रमा सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी सङ्घीय संसद्बाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ ।

घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेशसभाका उपसभामुखको भूमिका स्पष्ट गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

पूर्वराजाको स्वागतमा योगीको तस्बिर बोकेका राणा भागेर पुगे भारत

नागरिक उड्डयन प्राधिकरण फुटाउने प्रक्रियाको विरोधमा कर्मचारी संगठन

दिगो विकासका लागि कार्यशैली परिवर्तन आवश्यक : मन्त्री गुरुङ

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतार्छौँ : प्रचण्ड 

उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि उनीहरूले आपत्ति जनाएका हुन् ।

कांग्रेस सांसदहरूले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका हुन् ।

शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका-९ को लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएकी थिइन् ।

सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो

पाँच अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

सरकारको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

उपत्यकाका १० क्याम्पसमा स्ववियु चुनाव अनिश्चित
त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न १० क्याम्पसमा स्वतन्त्र विद्यार्थी ९स्ववियु० निर्वाचन अनिश्चित बनेको छ ।

सत्तापक्षीय र प्रतिपक्षीय दलका विद्यार्थी संगठनको तालाबन्दी र निर्वाचन समितिका निर्वाचन अधिकृतहरूले राजीनामा दिएकाले विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका १० वटामा निर्वाचन अनिश्चित बनेको हो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव, विश्वभाषा, बाल्मिकी, कोटेश्वर, पब्लिक युथ, सरस्वती र पशुपति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।

केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०को एउटा समूहले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन कार्यतालिका प्रभावित बनेको छ ।

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतार्छौँ : प्रचण्ड 

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

एमाले पार्टी कार्यालय च्यासलमा शिक्षकहरुको धर्ना

हुम्लाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

बजारमा होलीको माहोल (तस्बिरहरू)

चिकित्सा आयोगद्वारा आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक 

पाकिस्तान रेल अपहरण : २१४ बन्दी, ३० को हत्या
पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको हो। सो सङ्गठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ। उक्त रेल क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ।

प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीले जनाएका छन्।

सुरक्षा निकायले दिएको जानकारी अनुसार रेल नियन्त्रणमा लिने क्रममा महिला र बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको थियो। त्यसमा रहेका १०४ जनालाई भने सुरक्षा निकायले उद्धार गरेको छ। उद्धार हुनेमा ५८, पुरुष, ३१ महिला तथा १५ बालबालिका छन्। घटनाको पूर्ण विवरण अझै आइसकेको छैन।

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

ट्रम्प नीतिले मस्कले शेयरमा एकै दिन गुमाए २९ अर्ब अमेरिकी डलर

मस्कको स्टारलिंक भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ







प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ५४ बजे

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत – लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता