सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस इभीको बिक्री उत्सव सम्पन्न « Khabarhub

सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस इभीको बिक्री उत्सव सम्पन्न


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले टाटा एस इभीको १००+ युनिट बिक्री तथा १०+ लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैरिधारामा सम्पन्न भयो । जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।

नेपालका साना तथा मध्यम उद्यम र कर्पोरेट व्यवसायहरूका लागि टाटा एसीइ इभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ। हालसम्म १००% ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम, र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस इभीलाई काठमाडौँ, पोखरा, बुटवल, चितवन, र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ। टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा  विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रममा टाटा मोटर्सका सीभी सीभीआईबी प्रमुख  असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनीहरूले टाटा एस इभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।

समारोहमा विशेष केक काट्ने कार्यक्रम समेत आयोजना गरियो, जसले टाटा एस इभीको सफलतालाई थप उजागर गर्‍यो। साथै, विद्युतीय सवारीको प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकहरूले आफ्ना अनुभवहरू पनि बाँडे।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले भने, “टाटा एस इभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।”

त्यसैगरी, सिप्रदी ट्रेडिङका सीइcf राजन बाबु श्रेष्ठले भने, “सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ। टाटा एस इभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ, र हामी यस यात्रामा गर्वका साथ सहभागी छौं।”

शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च, र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस इभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ। सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल, र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : २७ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा