पाकिस्तानको रावलपिण्डीमा एकै दिन सयभन्दा धेरै आपराध « Khabarhub

पाकिस्तानको रावलपिण्डीमा एकै दिन सयभन्दा धेरै आपराध


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको रावलपिण्डी शहरमा आपराधिक घटना ह्वात्तै बढेको पाइएको छ । गत शनिबार मात्रै रावलपिण्डीमा १ सयभन्दा धेरै आपराधिक घटना भएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार शहरमा त्यस दिन लुटपाटका मात्रै १७ वटा घटना भएको छ । ती घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् ।

आपराधिक घटनाका कारण समाजका सबै वर्गका मानिसहरु पीडित भएका छन् । एक जना वृद्ध नगरवासीलाई उद्धृत गर्दै डनले जनाएअनुसार लुटेराले ‘गरिबलाई पनि लुट्ने’ गरेका छन् ।

दिनदहाडै खुला सडकमा लुटपाट, चोरी, शारीरिक हिंसाका घटना हुने गरेको समाचारमा जनाइएको छ । आपराधिक घटना बढ्दै जाँदा रावलपिण्डीका नगरवासी भने त्रसित र असुरक्षित बन्दै गएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : १२ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्