मुग्लिन–पोखरा सडक यसरी हुँदैछ विस्तार (तस्बिरहरू) « Khabarhub

मुग्लिन–पोखरा सडक यसरी हुँदैछ विस्तार (तस्बिरहरू)


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको संघीय राजधानी काठमाडौं र पर्यटनको राजधानी पोखरा जोड्ने सडक विस्तारसँगै सहज बन्दै गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुस समेत गर्न थालेका छन् ।

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरा सडक विस्तारको कामले अहिले भने गति लिएको छ । सो सडक खण्डको २०.५ किलोमिटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमिटर सडक ६ लेनको बन्ने छ । त्यसै गरी यस सडक खण्डमा ४ ठूला र ८ साना गरी जम्मा १२ वटा पुल निर्माण गरिने छ ।

७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले निर्माण कार्य समयमै नसक्दा अहिलेसम्म २ पटक  म्याद थप गरिएको छ ।

पूर्वी खण्डको भौतिक प्रगति भने ८१ प्रतिशत रहेको सडक विभागले जनाएको छ । त्यसका साथै बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी तीव्र रूपमा काम भइरहेको छ ।

उक्त खण्ड अन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । 
सडक खण्ड अन्तर्गत दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट वाल लगाएर उठाउने काम भइरहेको छ ।

यो खण्ड अन्तर्गत बन्न पर्ने १७ पुल सबै बनिसकेका छन् भने छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ ।

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यस सडक खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । ६ अर्ब २१ करोड ३१ लाखमा यस सडक खण्डको ठेक्का लागेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ४२ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,