पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक इन्जिनियर दर्ता परीक्षा सम्पन्न, ५७% परीक्षार्थी सफल « Khabarhub

पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक इन्जिनियर दर्ता परीक्षा सम्पन्न, ५७% परीक्षार्थी सफल


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाल इन्जिनियरिङ काउन्सिलद्वारा पहिलोपटक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस लामाचौर, पोखरामा सञ्चालन गरिएको साधारण दर्ता परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ।

२०८१ साल चैत २९ र ३० गते सम्पन्न उक्त परीक्षाका लागि २६७ जनाले आवेदन दिएका थिए । तर, २५७ जना मात्र परीक्षामा सहभागी भए । परीक्षा परिणामअनुसार १४७ जना परीक्षार्थी सफल भएका छन्, जसअनुसार करिब ५७ प्रतिशतको सफलता दर देखिएको छ ।

यो सफलता दरले गण्डकी प्रदेशमा रहेका नवइन्जिनियरहरूबीच बढ्दो पेशागत जिम्मेवारी, तयारी र सचेतनाको संकेत गर्ने बताइएको छ। पहिलोपटक क्षेत्रीय क्याम्पसमै परीक्षा आयोजना गरिनु इन्जिनियरहरूको पहुँचमा सहजता ल्याउन तथा उनीहरूको सहभागिता अभिवृद्धि गर्नेतर्फ काउन्सिलको सकारात्मक पहलको रूपमा हेरिएको छ।

परीक्षाको सफल आयोजनाले आगामी दिनमा अन्य प्रादेशिक क्याम्पसहरूमा पनि परीक्षा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ०० बजे

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण