पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक इन्जिनियर दर्ता परीक्षा सम्पन्न, ५७% परीक्षार्थी सफल « Khabarhub

पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक इन्जिनियर दर्ता परीक्षा सम्पन्न, ५७% परीक्षार्थी सफल


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाल इन्जिनियरिङ काउन्सिलद्वारा पहिलोपटक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस लामाचौर, पोखरामा सञ्चालन गरिएको साधारण दर्ता परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ।

२०८१ साल चैत २९ र ३० गते सम्पन्न उक्त परीक्षाका लागि २६७ जनाले आवेदन दिएका थिए । तर, २५७ जना मात्र परीक्षामा सहभागी भए । परीक्षा परिणामअनुसार १४७ जना परीक्षार्थी सफल भएका छन्, जसअनुसार करिब ५७ प्रतिशतको सफलता दर देखिएको छ ।

यो सफलता दरले गण्डकी प्रदेशमा रहेका नवइन्जिनियरहरूबीच बढ्दो पेशागत जिम्मेवारी, तयारी र सचेतनाको संकेत गर्ने बताइएको छ। पहिलोपटक क्षेत्रीय क्याम्पसमै परीक्षा आयोजना गरिनु इन्जिनियरहरूको पहुँचमा सहजता ल्याउन तथा उनीहरूको सहभागिता अभिवृद्धि गर्नेतर्फ काउन्सिलको सकारात्मक पहलको रूपमा हेरिएको छ।

परीक्षाको सफल आयोजनाले आगामी दिनमा अन्य प्रादेशिक क्याम्पसहरूमा पनि परीक्षा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन