मधेसका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन « Khabarhub

मधेसका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा २० करोड रुपैयाँको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको शनिबार उद्घाटन गरेका छन् ।

हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गरेका हुन् । दशरथनगरमा परिषद्द्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो भवन पाँचतलाको निर्माण गरिएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल तथा भारतका विभिन्न सामाजिक सङ्घसंस्था र धार्मिक तथा सामाजिक व्यक्तित्वको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला हाताभित्र सभा भवन, शौचालय तथा पक्की भान्साघर तथा पार्किङकोसमेत व्यवस्था तथा निर्माण गरिएको मिथिला अबध सांस्कृतिक संरक्षण परिषद्का अध्यक्ष डा. गौराग मिश्रले जानकारी दिए ।

सो अवसरमा मुख्यमन्त्री सिंहले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रुपमा ख्याति प्राप्त तथा सीता माताको जन्मभूमिस्थल जनकपुरधामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको आकर्षण बढाउनुपर्ने सबैलाई आग्रह गरे । उनले जनकपुरधाममा आउने पर्यटक तथा हिन्दू धर्मावलम्बीलाई गुणस्तरीय सेवा प्रदान गर्ने किसिमको वातावरण बनाउन अपिल गरे।

‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या दर्शन गर्नेले माता सीताको जन्मस्थल जनकपुरको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले जनकपुरको प्रचारप्रसार आवश्यक रहेको छ”, उनले भने, ‘जनकपुर आउने पर्यटकलाई राम्रो सेवा दिनु हाम्रो कर्तव्य हो, त्यसमा हामी पछि पर्नु हुन्न, पटकपटक पर्यटक आउने वातावरण बनाउनका लागि जनकपुरको सरसफाइ तथा गुणस्तरीय खाना र धर्मशालाको मर्मतसम्भार आवश्यक छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ०८ बजे

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ