मधेसका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन « Khabarhub

मधेसका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा २० करोड रुपैयाँको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको शनिबार उद्घाटन गरेका छन् ।

हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गरेका हुन् । दशरथनगरमा परिषद्द्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो भवन पाँचतलाको निर्माण गरिएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल तथा भारतका विभिन्न सामाजिक सङ्घसंस्था र धार्मिक तथा सामाजिक व्यक्तित्वको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला हाताभित्र सभा भवन, शौचालय तथा पक्की भान्साघर तथा पार्किङकोसमेत व्यवस्था तथा निर्माण गरिएको मिथिला अबध सांस्कृतिक संरक्षण परिषद्का अध्यक्ष डा. गौराग मिश्रले जानकारी दिए ।

सो अवसरमा मुख्यमन्त्री सिंहले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रुपमा ख्याति प्राप्त तथा सीता माताको जन्मभूमिस्थल जनकपुरधामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको आकर्षण बढाउनुपर्ने सबैलाई आग्रह गरे । उनले जनकपुरधाममा आउने पर्यटक तथा हिन्दू धर्मावलम्बीलाई गुणस्तरीय सेवा प्रदान गर्ने किसिमको वातावरण बनाउन अपिल गरे।

‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या दर्शन गर्नेले माता सीताको जन्मस्थल जनकपुरको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले जनकपुरको प्रचारप्रसार आवश्यक रहेको छ”, उनले भने, ‘जनकपुर आउने पर्यटकलाई राम्रो सेवा दिनु हाम्रो कर्तव्य हो, त्यसमा हामी पछि पर्नु हुन्न, पटकपटक पर्यटक आउने वातावरण बनाउनका लागि जनकपुरको सरसफाइ तथा गुणस्तरीय खाना र धर्मशालाको मर्मतसम्भार आवश्यक छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ०८ बजे

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ

प्रधानमन्त्री र श्रीलंकाली समकक्षीबीच ४ मिनेट टेलिफोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा, राष्ट्रप्रमुखको २७ वर्षपछि पहिलो राजकीय भ्रमण

लण्डन – जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले जर्मनीको राष्ट्रप्रमुखको रूपमा २७

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर