भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–१ का पिताम्बर यादव रहेका छन् । उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ ।

सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी हिरासत राखेको र आइतबार कारागार पठाउने व्यवस्था मिलाइने बस्नेतले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : ५० बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी