फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित « Khabarhub

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते भीषण बाढीले बगाएको पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट सुनिश्चित भएको हो ।

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र छिमेकी जिल्ला उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुनः निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

“फोक्सिङटार पुल जिल्लावासीको दैनिक जीवनसँग जोडिएको छ । त्यसैले हामी सबैको पहलमा बजेट सुनिश्चित भएको छ । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य छ”, उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेकामा बजेट सुनिश्चित भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए। विपद् व्यवस्थापन कोषमार्फत आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए । “पुल निर्माणका लागि मन्त्रालयका तर्फबाट स्रोत सुनिश्चित गरेका छौँ । डिजान तथा टेन्डर आव्हानको काम सडक विभागले गर्छ । विभागलाई पत्राचार गरिसकेका छौँ । यसै आर्थिक आवश्यक काम अगाडि बढ्छ”, सचिव शर्माले भने।

यो सडक पूर्वी तराईका विभिन्न सहर जाने र आउने छोटो दूरीको बाटो हो तर बाढीले फोक्सिङटारको पुल बगाएपछि वर्षायाममा दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद हुने अवस्था आएको छ ।

दिक्तेल–गाईघाट सडक (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएको थियो । त्यसपछि अस्थायी बेलिब्रिज जडान गरिएको छ । हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालन ल्याइएको हो ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले पुल बगाएका थियो । निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न गरिएको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बाढीले यहाँको पक्की पुल बगाएपछि जिल्लाको विकास निकै पछाडि धकेलिएको बताए । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु यही पुल भएरै भित्र्याइन्थ्यो तर पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो । यो हाम्रा लागि दुःखको कुरा हो । अब चाँडै निर्माणका लागि राजनीतिक नेतृत्व र सबै सरोकार भएकाहरू गम्भीर बन्न आवश्यक छ”, उनले भने।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ४२ बजे

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी