निर्देशक भट्टराईलाई प्रश्न– महानायकलाई ‘कमब्याक’ गराउने जोखिम किन लिनुभयो ? « Khabarhub

निर्देशक भट्टराईलाई प्रश्न– महानायकलाई ‘कमब्याक’ गराउने जोखिम किन लिनुभयो ?


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमालको फिल्म ‘नरसिंहा : अभतारमा’बाट ‘कमब्याक’ गर्ने निर्णय लिनुको तीन कारण रहेको खुलाएका छन् ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले कथाको अकार्षण, समय सान्दर्भिक भूमिका र सहकार्य गरिसेको तथा सहयात्रीहरुको टिममा काम गर्न पाइने भएकाले ‘कमब्याक’को निर्णय लिएको खुलाएका हुन् ।

यस फिल्मको कथा चन्द्र पन्तको हो । निर्देशक र पटकथा दिवाकर भट्टराईले लेखेका हुन् । त्यसअर्थमा राजेशलाई ‘कमब्याक’ गराउन निर्देशक भट्टराई नै तातिएको देखिन्छ ।

राजेशका अनुसार दिवाकार नै फिल्मको प्रस्ताव लिएर उनीसमक्ष पुगेका हुन् ।

दिवाकारलाई पहिलो चुनौती त राजेशलाई फिल्ममा मनाउनु नै थियो । किनकि राजेश फिल्म गरिहाल्ने मनस्थितिमा थिएनन् ।

फिल्म प्रदर्शनको संघारमा छ । तर, पनि दिवाकरलाई ढुक्क भएर बस्ने अवस्था छैन । राजेश ९ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । राजेश कमब्याकबाट दर्शकले पक्कै ठूलै अपेक्षा लिएका छन् ।

अर्थात्, दर्शकले राजेशको ‘कमब्याक’ फिल्म उत्कृष्ट होस् भन्ने अपेक्षा राखेका छन् ।

राजेश पनि यो कुरालाई स्वीकार गर्छन् । भन्छन्, ‘म लामो समयपछि फिल्म गर्दैछु । त्यस हिबासले पनि दर्शकले अपेक्षा राख्नु स्वभाविक हो ।’

लेखक र निर्देशक भएकाले दिवाकरलाई दर्शकको त्यो अपेक्षा पूरा गर्न चुनौती देखिन्छ । फिल्म कमसल सावित भएमा उनको क्षमतामाथि नै प्रश्न उठ्न सक्छ । यो कुरा दिवाकार पनि स्वीकार गर्छन् ।

यस अर्थमा दिवाकरको राजेशलाई ‘कमब्याक’ गराउने निर्णय जोखिमभन्दा कम छैन ।

खबरहबले दिवाकरलाई ‘किन यो जोखिम मोल्नुभयो ?’ भन्ने प्रश्न सोधेको थियो । उनले महानायकलाई कमब्याक गराउँदा जोखिम मोलेको महसुस नभएको बरु गर्व लागेको जवाफ दिए ।

तर, चुनौतीपूर्ण काम गरेको भन्ने चाहिँ उनलाई महसुस छ । उनी भन्छन्, ‘जोखिम होइन, चुनौती चाहिँ हो । महानायकले धेरैपछि फिल्म गर्दा दर्शकमा ठूलो अपेक्षा छ । त्यो पूरा गर्ने एउटा चुनौती चाहिँ छ ।’

सँगै उनी ‘कन्फिडेन्ट’ पनि देखिन्छन् । फिल्म राम्रो बनेकाले महसुस भएर उनलाई ‘कन्फिडेन्ट’ आएको देखिन्छ ।

उनी भन्छन्, ‘मलाई विश्वास के छ भने महानायकको कमब्याक फिल्म हेरेर दर्शकले निर्देशकलाई गाली गर्नु हुन्नँ ।’

राजेशको भनाइ यस्तो

एक कलाकारलाई दर्शकले मेरा सबै फिल्म रुचाउन भन्ने लाग्छ । ‘नरसिंहा : अभतार’लाई लिएर राजेशको मनमा पनि यो आशा छ ।

‘कमब्याक’ फिल्म भएकाले पनि यो अपेक्षाले राजेशमा अलि बढी स्वभाविक देखिन्छ ।

उनी भन्छन्, ‘मैले निर्वाह गरेको भूमिकाले न्याय गर्‍यो कि गरेन भनेर हरेक नयाँ फिल्म प्रदर्शनमा उत्सुकता हुन्थ्यो । निरन्तर फिल्म गर्दा पनि हुन्थ्यो । अहिले लामो समयपछि यो फिल्म गर्दा नहुने कुरै भएन । झन् बढी छ ।’

कमब्याक दर्शकले नरुचाउने हुन् कि ? भन्ने डर छ छैन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘लामो समयपछि काम गरेको छु के होला भन्ने उत्सुकता छ भइहाल्छ नि ।’

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ५५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।