स्वर्णिम साहित्य सम्मानबाट बज्राचार्य र सुसारा सम्मानित « Khabarhub

स्वर्णिम साहित्य सम्मानबाट बज्राचार्य र सुसारा सम्मानित


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘स्वर्णिम साहित्य सम्मान’ र ‘स्वर्णिम साहित्य पुरस्कार’ क्रमशः सुनसरी वराहक्षेत्रका कवि मान बज्राचार्य र पाँचथरका कवि सगुन सुसारालाई प्रदान गरेको छ ।

अग्रज साहित्यकार मान बज्राचार्यले ‘स्वर्णिम साहित्य सम्मान –२०८२’ सँगै नगद ११ हजार १ रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । यस्तै स्वर्णिम साहित्य पुरस्कारबाट पुरस्कृत सुसाराले नगद ५० हजार १ सय ५१ रुपैयाँसहित, सम्मान–पत्र र ट्रफी प्राप्त गरेका छन् ।

शनिबार बराहक्षेत्र–५ स्थित सभाहलमा पूर्व पर्यटन मन्त्री सुदन किरातीले सम्मान र पुरस्कार हस्तान्तरण गरे । उनले साहित्य समाजको आत्मा भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व संरक्षकसमेत रहेका किरातीले परिवर्तनको एजेण्डामा लाग्दा आक्षेप, प्रत्यारोप आइरहने बताए । उनले स्मृतियोग्य कृति सिर्जना गर्नुपर्ने बताए ।

सोही अवसरमा आख्यानकार श्याम सिङ्घकको तेस्रो उपन्यास ‘कोइलाखाद’ माथि परिचर्चा गरिएको छ । कृतिउपर कवि देवान किरातीले बोलेका थिए । उनले उपन्यासमा यथार्थ कथा आएको बताए । प्राध्यापक रमेश काफ्लेले उपन्यासले विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’ कृतिको स्मरण गराएको बताए ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्र स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । उनले स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान कोष १५ लाख रूपैयाँ राशिको निर्माण गर्ने बताए । आगामी वर्षदेखि मातृभाषामा साहित्य पुरस्कारसमेत वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।

याे पनि : स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : १६ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक