हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति | Khabarhub Khabarhub

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । 

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

हावाहुरीले बाह्रदशी-७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण संकलन गरेको प्रवक्ता खड्काले बताए।

हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड ९प्लाई उद्योग० मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको, सिसीटीभी क्यामेरा फुटाई करिब दुई लाख २० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसाईंले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्तापाता पूर्ण रुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाइपहरु समेत बाङ्गिएर क्षति भएको छ । उक्त स्टोर हलको भित्र रहेको ५५-६० बोरा फापर पानीले भिजेको छभने करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

यसैगरी, झापा हल्दिबारी गाउँपालिका–४ बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्ण रुपमा क्षति हुँदा करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीले दमक नगरपालिका–४ सङ्गम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छभने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : ३६ बजे

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)

काठमाडौं– मुलुकको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती