कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने  « Khabarhub

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने 


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । कर्णाली राजमार्गको दैलेखको सिस्ने–साई सडक खण्ड मर्मत गर्नका लागि १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको छ । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहनेछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको सिस्नेदेखि साइ खण्डमा निर्माणका क्रममा समस्या भएको र वैकल्पिक रुट दिएर सडक बन्द गरेको हो ।

कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ । रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साइ निस्कनु पर्नेछ ।

रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साइ निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक बिग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : ३८ बजे

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण