सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा « Khabarhub

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेका  छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो  । 

बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा ५५ हाराहारी खर्च हुने व्यवसायीहरू बताउँछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा १५-२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्न नै नसकेको गुनासो गरेका छन् । 

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न ५५ रुपैयाँ खर्च हुन्छ। निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरू बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए। 

उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो । एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो सङ्ख्या बढेर ३५ लाख नाघेको छ । 

भारतीय क्षेत्रबाट निर्वाध रुपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन् । नेपाल ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनले बताए । 

उनका अनुसार प्रति गोटा एक सय ३० खर्च हुने लेयर्स कुखुराको चल्ला पनि रु एक सयको हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ । 

नेपालका ह्याचरी उद्योगहरू हरेक हप्ताको आइतबार र मङ्गलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन् । नेपालमा एक सय १८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन् ।  कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । 

यस्तै १४  रहेको लेयर्स ह्याचरी रहेका थिए । त्यतिबेला  एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो ।  लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।

चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनु लगायतका कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित हुँदै गएका छन् । 

रासस

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : ३६ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव