अज्ञात समूहबाट तिला गाउँपालिकाको गाडी तोडफोड  « Khabarhub

अज्ञात समूहबाट तिला गाउँपालिकाको गाडी तोडफोड 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जुम्लाको तिला गाउँपालिकाको सरकारी गाडीमा तोडफोड भएको छ । बुधबार गाउँपालिका–४ मा राखिएको अवस्थामा अज्ञात समूहबाट गाडी तोडफोड भएको हो ।

गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी तोडफोड भएको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।

‘अध्यक्ष रोकाया, उपाध्यक्ष गोरीकला बूढा, वडाध्यक्ष र कार्यपालिका सदस्य चढेर वडा नं ४ मा बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सहभागी भएका थिए,’ उनले भने, ‘कार्यक्रम सकेर फर्किदा गाडीको पछाडि भागको सिसा तोडफोड भएको रहेछ ।’

गाउँपालिकाले स्कारपियो गाडी भर्खर खरिद गरेर एक दिन अगाडि मात्र गाउँपालिकामा पुर्याएको र वडापालिकाको हातामा नै गाडी तोडफोड भएको सूचना अधिकारी हमालले बताए ।

 ‘गाडी तोडफोड गर्नेलाई प्रहरीले खोजीरहेको छ,’ उनले भने, ‘किन तोडफोड गरियो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।’

जिल्ला प्रहरी कार्यालय जुम्लाले सरकारी सवारी साधन तोडफोड गर्नेको खोजी कार्य जारी रहेको जनाएको छ ।

केही दिनअघि मात्रै विकास निर्माण योजनाको अनुगमनका क्रममा तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीमाथि सोही वडामा चक्कु प्रहार भएको थियो । सोही बेला तिला–४ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुंगा प्रहार भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल