बालेनविरुद्ध अख्तियारमा उजुरी, एक करोडको लिफ्ट जोड्दा भ्रष्ट्राचार गरेको आरोप  « Khabarhub

बालेनविरुद्ध अख्तियारमा उजुरी, एक करोडको लिफ्ट जोड्दा भ्रष्ट्राचार गरेको आरोप 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखितयार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)विरुद्ध उजुरी परेको छ ।
 
युवराज सफलले बिहीबार मेयर शाहविरुद्ध महानगरपालिका कार्यलयमा जडान गरिएको ‘लिफ्ट’ मा अनियमितता भएको दाबी गर्दै अख्तियारमा उजुरी दायर गरेका हुन् । 

उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा, टेण्डर र कोटेसन बिना झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गरेको दाबी सफलले गरेका छन् ।

‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेको प्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११० बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा बिना टेण्डर र बिना कोटेसन अपारदर्शी अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो,’ उनले उजुरीमा लेखेका छन् । 

‘लिफ्ट’ जडानसम्बन्धी टेन्डर बोलपत्रलगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण, निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल–भौचरलगायतका कागजात झिकाएर महानगरमा भएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीका लागि उजुरी दिएको सफलले बताएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  २ : १२ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव