भिजिट भिसा प्रकरणमा मधेसकेन्द्रित दलहरूले बोलाए बैठक « Khabarhub

भिजिट भिसा प्रकरणमा मधेसकेन्द्रित दलहरूले बोलाए बैठक


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणका कारण लगातार संसद् अवरुद्ध हुँदै आएपछि मोर्चाले धारणा तय गर्न मूल समितिको बैठक बोलाएको हो । 

मोर्चाको घटक मध्येको एक राष्ट्रिय मुक्ति पार्टीको शान्तिनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजे मूल समितिको बैठक बोलाइएको सो पार्टीका नेता केशव झाले जानकारी दिएका छन् । 

उनका अनुसार मोर्चाको बैठकमा भिजिट भिसा प्रकरणसँगै मोर्चाको कार्यविधि र आदिवासी जनजाति र मधेसीसँग गरिने सहकार्यका विषयमा पनि छलफल हुने छ । 

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई सहयोग गर्दै आएका र प्रतिपक्षमा रहेका तराई–मधेश केन्द्रित दलहरू मिलेर मोर्चा बनाएका छन् । 

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी छन् ।

यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ४४ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य