भिजिट भिसा प्रकरणमा मधेसकेन्द्रित दलहरूले बोलाए बैठक « Khabarhub

भिजिट भिसा प्रकरणमा मधेसकेन्द्रित दलहरूले बोलाए बैठक


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणका कारण लगातार संसद् अवरुद्ध हुँदै आएपछि मोर्चाले धारणा तय गर्न मूल समितिको बैठक बोलाएको हो । 

मोर्चाको घटक मध्येको एक राष्ट्रिय मुक्ति पार्टीको शान्तिनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजे मूल समितिको बैठक बोलाइएको सो पार्टीका नेता केशव झाले जानकारी दिएका छन् । 

उनका अनुसार मोर्चाको बैठकमा भिजिट भिसा प्रकरणसँगै मोर्चाको कार्यविधि र आदिवासी जनजाति र मधेसीसँग गरिने सहकार्यका विषयमा पनि छलफल हुने छ । 

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई सहयोग गर्दै आएका र प्रतिपक्षमा रहेका तराई–मधेश केन्द्रित दलहरू मिलेर मोर्चा बनाएका छन् । 

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी छन् ।

यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ४४ बजे

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले