सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन « Khabarhub

सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मंगलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बुको ज्यान गएको चन्द्रपुर–१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिए । ठक्कर दिने सवारी साधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै लास राखेर राजमार्ग अवरुद्ध गरेका थिए । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिए । 

अहिले सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ३१ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव