पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माओवादीको माग « Khabarhub

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माओवादीको माग


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । 

माओवादी केन्द्रले बिहीबार विज्ञप्ति जारी गरेर पत्रकार पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको हो । 

‘माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैँ पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउ पुर्जी फिर्ता लिन जोडदार माग गर्दछ,’ प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रले लोकतान्त्रिक मर्मविरुद्ध सरकारले प्रत्यक्ष रुपमा पक्राउ पुर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको पनि आरोप लगाएको छ । 
 
‘समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिललगायतका नियामक निकायमार्फत खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर सरकारले प्रत्यक्ष रुपमा पक्राउ पूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्मविरुद्ध छ ।’ 

जिल्ला अदालतले नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति पनि माओवादी केन्द्रले आपत्ति जनाएको छ। 

‘सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित छ,’ माओवादीले भनेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ४ : ३७ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका