विद्धानलाई तरुणको अध्यक्षबाट हटाउन माग गर्दै असन्तुष्टले बुझाए पत्र « Khabarhub

विद्धानलाई तरुणको अध्यक्षबाट हटाउन माग गर्दै असन्तुष्टले बुझाए पत्र


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको असन्तुष्ट समूहले अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न माग गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष पत्र बुझाएको छ । 

संगठनको विधि र पद्धति मिच्दै अनुशासनहीन कार्य गरेका दाबी गर्दै असन्तुष्ट समूहले बिहीबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत अनुशासन समितिलाई पत्र बुझाएको हो । 

केन्द्रीय सदस्यहरू रोजन राई, मनिष सिंजापति, मनोजकुमार कटुवाल, चन्द्रसुन्दर खेवाङ, सतेन्द्रसिंह ठकुरी, सिंहविक्रम पाण्डे, रोहित लामाले उक्त पत्र बुझाएका हुन् । उनीहरूले अध्यक्ष गुरुङलाई पदमुक्त गर्नुपर्ने भन्दै विभिन्न ६ वटा आरोप लगाएका छन् । 

यस्ता छन् आरोपहरू :   
१) लोकप्रियताको लागि तरुण दलको नाम र लेटरप्याड दुरुपयोग गरि पार्टी र पार्टी सभापतिको बदनाम गराएको । सँगै हाम्रो पार्टीको मात्र नभएर सिंगो मुलुकले सर्वोच्च कमान्डरको रूपमा मानेका आदरणीय नेता स्व. गणेशमान सिंहसमेतलाई विवादमा ल्याएर बदनाम गराएको । 

२) तरुण दलमा गुट–उपगुट बनाई लम्जुङमा आफ्नै उपस्थितिमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गराउने घृणित र आपराधिक कार्य गरेको । 

३) समाजसेवी मैयाँदेवी श्रेष्ठले दिएको तरुण दलको कार्यालय भवन केन्द्रीय पदाधिकारीहरूलाई थाहा नदिई निजी सम्पत्ति झैँ गरि आफूखुशी भत्काएर तरुण दललाई कार्यालयविहीन बनाएको । 

४) तीन वर्षसम्म महाधिवेशन गर्ने बाटोमा नलागी संगठनलाई व्यक्तिगत प्रचारमा दुरुपयोग गरेको । तरुण दलका हाम्रा आदर्श र अग्रजहरू बालकृष्ण खाँड, विनोद कायस्थ, महादेव गुरुङ, महेन्द्र यादव र उदय शमशेर राणाहरूले पनि हिम्मत नगरेको व्यक्ति प्रचार, बीपी, गणेशमान, किशुनजी, गिरिजाबाबु भनेको मनै हुँ भने झैँ गरी पार्टीको भ्रातृ संगठनहरूको महाधिवेशनमा पार्टी सभापतिको तस्बिर राख्ने परम्परालाई तोडेर पाँचौ महाधिवेशनको नाममा आफ्नो फोटो र ब्यानर बनाई सामाजिक सञ्जालमा प्रचार गराई तरुण दललाई व्यक्ति पुजक बनाउने प्रयास गरेको । 

५) पार्टीको नेता तथा पदाधिकारीहरूसँग भेट्न जाँदा कार्यकर्ताको भेषमा जासुस लिएर हिँड्ने गरेको, नेताहरूको फोटो भिडियो संवाद रेकर्ड गरेर बार्गेनिङ गर्ने घृणित कार्य गरेको (जसको प्रमाण दीपेन्द्र पोखरेल भन्ने व्यक्तिले फेसबुकमै पार्टीको उपसभापति, महामन्त्री र अन्य पदाधिकारीहरूसँगको छलफलको प्रमाण मसँग छ भनेर लेखेको धम्कीपूर्ण लेख पेस गरिएको छ) । 

६) भूकम्पको समयमा उठाएको रकम हिनामिना गरेको, अनाधिकृत रूपमा पैसा उठाएर केन्द्रीय समितिलाई जानकारी नदिएको ।

‘संगठनको विधि र पद्धति मिच्दै अनुशासनहीन कार्य गरेको, सामान्य नेतृत्वको क्षमता पनि नरहेको हुँदा यी तमाम क्रियाकलापले संगठन दिनानुदिन कमजोर र आलोचित बन्दै गइरहेको हुँदा विद्धान गुरुङलाई तत्काल अनुशासन कारबाहीको माग गर्दै पदबाट हटाउन माग गर्दछौँ,’ उक्त पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ०७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल