सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

सौर्य बत्ती जडानमा गरिएको थियो अनियमितता


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो ।

आयोगका अनुसार पूर्वअध्यक्ष यादव सहितको सङ्लग्नतामा सौर्य बत्ती जडानका लागि छुट्याइएको बजेटमा चरम अनियमितता भएको थियो ।

चक्रघट्टा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि दुई करोड १६ लाख रुपैयाँ छुट्याएको थियो ।

गाउँपालिकाका सबै नौ वडाका लागि नौवटै शीर्षकमा उक्त रकम विनियोजन गरिएको थियो । छुट्टयाइएको बजेट टुक्रा-टुक्रा पारी ठेक्का लगाएर अनियमितता भएपछि अख्तियारमा उजुरी परेको थियो ।

उजुरी निवेदनमाथि अनुसन्धान हुँदा स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकमलाई पोल खरिद, सोलार प्यानल खरिद, लाइटरताररनटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई पाँचवटा प्याकेज बनाइएको पाइएको आयोगले जनाएको छ ।

सुरुमा स्वीकृत विनियोजित बजेटभन्दा बढी हुनेगरी दुई करोड ५३ लाख १७ हजार २५० रुपैयाँको लागत अनुमान स्वीकृत गराएको पनि विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।

आयोगले गाउँपालिकाका तत्काली अध्यक्ष यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजय कुमार ठाकुर, सहायक पाँचौँ एवं जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-इन्जिनियर सन्तोष राय, सब-इन्जिनियर राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव र एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगीता कुमारीविरुद्ध कसुर रकम बमोजिमको बिगो मागदाबी गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ५ : १८ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका