सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने « Khabarhub

सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको राज्य प्रशासन विभागले सुशासन कायम गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागको बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सुशासन कायम गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

बैठकपछि निर्णय सार्वजनिक गर्न जारी गरिएको विभागको विज्ञप्तिमा भनिएको छ, ‘देशमा सुशासन कायम हुन नसकेको व्यापक जनगुनासो आइरहेको हुँदा सुशासन कायम गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’

बैठकले राज्य प्रशासनका समस्या र समाधानका उपायहरूबारे चाँडै अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको विभागले जनाएको छ । काग्रेसको राज्य प्रशासन विभागले संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न पनि सरकारलाई आग्रह गरेको छ । 

‘आन्दोलनरत तीनै तहका कर्मचारीहरूले उठाएका जायज मागहरू सम्बोधन गरी संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गरियोस्,’ विभागले भनेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : १९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण