सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने « Khabarhub

सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको राज्य प्रशासन विभागले सुशासन कायम गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागको बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सुशासन कायम गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

बैठकपछि निर्णय सार्वजनिक गर्न जारी गरिएको विभागको विज्ञप्तिमा भनिएको छ, ‘देशमा सुशासन कायम हुन नसकेको व्यापक जनगुनासो आइरहेको हुँदा सुशासन कायम गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’

बैठकले राज्य प्रशासनका समस्या र समाधानका उपायहरूबारे चाँडै अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको विभागले जनाएको छ । काग्रेसको राज्य प्रशासन विभागले संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न पनि सरकारलाई आग्रह गरेको छ । 

‘आन्दोलनरत तीनै तहका कर्मचारीहरूले उठाएका जायज मागहरू सम्बोधन गरी संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गरियोस्,’ विभागले भनेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ५ : १९ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका