भ्रष्टाचार मुद्दामा पक्राउ परे जसपाका प्रदेश सांसद सिंह « Khabarhub

भ्रष्टाचार मुद्दामा पक्राउ परे जसपाका प्रदेश सांसद सिंह


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेर हिरासतमा लिएको हो । मधेशका पूर्वमन्त्रीसमेत रहेका उनीमाथि अख्तियारले भ्रष्टाचार प्रकरणमा छानबिन गरिरहेको छ ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित सिंहको महोत्तरीस्थित घरमा अख्तियारले १२ जेठमा छापा मारेर कागजात जफतका साथै उनका स्वकीय सचिव ६५ वर्षीय विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।

प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत झिक्न लगाउने गरेको आरोप उनलाई थियो । सांसद सिंहले आफ्नो र श्रीमतीको खातामा रकम जम्मा गर्न लगाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।

यसअघि काठमाडौंबाट गएको अख्तियारको टोलीले जनकपुर उपमहानगरपालिका-९ सरस्वती टोल बस्ने कायस्थलाई नियन्त्रणमा लिइसकेको छ। अख्तियारले मधेस प्रदेश सांसद सिंहले प्रयोग गरिरहेको मोबाइल फोन पनि नियन्त्रणमा लिएको थियो ।

महोत्तरीको मनराशिसवा नगरपालिका–६, सरपल्लो भएका उनी हाल धनुषाको जनकपुर उपमहानगरपालिका–९ मा बसोबास गर्दै आएका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ७ : ३२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका