मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण « Khabarhub

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले जानकारी दिए । 

अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए । भारतको  परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा अस्पतालले यही जेठ ८ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको हो ।     कलेजो प्रत्यारोपण सर्जन डा साहले कलेजो प्रत्यारोपण गर्न झण्डै १३ घण्टा लागेको बताए। 

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए।

‘हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ’, उनले भने, ‘अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।’

उनले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउनका अस्पतालले विदेशका नागरिकको पनि उपचार गरिरहेको जानकारी दिए ।  

कलेजो दाता आयुषले अङ्गदान गरेर बुवालाई बचाएको भन्दै सबैलाई अङ्गदान गर्न आग्रह गरे। उनले उपचारका लागि दुईपटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताए। 

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्रा.डा उमिदकुमार श्रेष्ठका बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताए। उनले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार भइरहेको बताए। 

अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै