सत्तापक्ष-प्रतिपक्ष सहमतिको चर्चाबीच पनि चल्न सकेन संसद् बैठक « Khabarhub

सत्तापक्ष-प्रतिपक्ष सहमतिको चर्चाबीच पनि चल्न सकेन संसद् बैठक


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले बिहीबारसम्म आइपुग्दा १० दिन लगातार संसद् अवरुद्ध गरेका छन् ।

बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक दलहरूबीच सहमति खोज्ने प्रयासस्वरूप प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बेलुकी साढे ५ बजे बैठक बस्ने जानकारी दिएका थिए ।

बिहीबारको बैठक सुरु भए पनि गतिरोध हट्न सकेन । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरूले अवरोध गरे । सञ्चालन गर्ने वातावरण नबनेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् । उनले संसद्को अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बताएका छन् ।

जेठ २० गतेदेखि संसद् सुरू हुनासाथ प्रतिपक्षी दलहरू नाराबाजीमा उत्रिँदै आएका छन् । उनीहरूले बुधबार पनि बैठक सुरु भएलगत्तै संसद्मा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउनका लागि सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति जुटाउने प्रयास गर्दा सवा ३ बजेका लागि सारिएको थियो । तर, पनि बैठक झण्डै आधा घण्टा पछि सुरु भएको थियो ।

बैठक सुरु हुनेबित्तिकै प्रतिपपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । उनी दलीय आधारमा कुरा राखिसकेपछि संसद्को कार्यसूचीमा प्रवेश गर्ने बताइरहेका थिए ।

संसद् सुचारुका लागि गरिएको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै नाराबाजी जारी राखेपछि बैठक बिहीबार ३ बजेसम्मलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण