सत्तापक्ष-प्रतिपक्ष सहमतिको चर्चाबीच पनि चल्न सकेन संसद् बैठक « Khabarhub

सत्तापक्ष-प्रतिपक्ष सहमतिको चर्चाबीच पनि चल्न सकेन संसद् बैठक


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले बिहीबारसम्म आइपुग्दा १० दिन लगातार संसद् अवरुद्ध गरेका छन् ।

बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक दलहरूबीच सहमति खोज्ने प्रयासस्वरूप प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बेलुकी साढे ५ बजे बैठक बस्ने जानकारी दिएका थिए ।

बिहीबारको बैठक सुरु भए पनि गतिरोध हट्न सकेन । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरूले अवरोध गरे । सञ्चालन गर्ने वातावरण नबनेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् । उनले संसद्को अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बताएका छन् ।

जेठ २० गतेदेखि संसद् सुरू हुनासाथ प्रतिपक्षी दलहरू नाराबाजीमा उत्रिँदै आएका छन् । उनीहरूले बुधबार पनि बैठक सुरु भएलगत्तै संसद्मा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउनका लागि सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति जुटाउने प्रयास गर्दा सवा ३ बजेका लागि सारिएको थियो । तर, पनि बैठक झण्डै आधा घण्टा पछि सुरु भएको थियो ।

बैठक सुरु हुनेबित्तिकै प्रतिपपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । उनी दलीय आधारमा कुरा राखिसकेपछि संसद्को कार्यसूचीमा प्रवेश गर्ने बताइरहेका थिए ।

संसद् सुचारुका लागि गरिएको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै नाराबाजी जारी राखेपछि बैठक बिहीबार ३ बजेसम्मलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै