एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ? « Khabarhub

एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ?


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घटनामा एक यात्रु जीवित फेला परेका छन्। अहमदाबादका प्रहरीले विमानको ११ए सीटमा बसेका यात्रु जीवितै भेटिएको बताएको छ ।

अहमदाबादका प्रहरीका आयुक्त जी.एस. मलिकले जानकारी दिँदै भने, “प्रहरीले सीट नम्बर ११ए मा एक जीवित व्यक्ति फेला पारेको छ। ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ र हाल उपचार भइरहेको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन, तर विमान आवासीय क्षेत्रमा खसेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना छ।”

भारतीयसञ्चार माध्यमका अनुसार ४० वर्षीय विश्वास कुमार रमेश जीवितै भेटिएका हुन् । उनले आफूमाथि बितेको क्षणको बयान दिएका छन्। उनले भने, “उडान भरेको करिब तीस सेकेन्डपछि एक जोरको आवाज आयो र त्यसपछि विमान खस्यो। यो सबै एक्कासी भयो। जब म होशमा आएँ, मेरो चारैतिर शवहरू बिछिएका थिए। म अत्यन्तै डराएँ र त्यहाँबाट भागेँ। विमानका टुक्रा चारैतिर छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल पुर्‍यायो।”

विश्वास बेलायतका नागरिक हुन् । उनी केही दिनका लागि परिवारसँग भेटघाट गर्न भारत आएका थिए। उनी आफ्ना ४५ वर्षीय दाजु अजय कुमार रमेशसँग बेलायत फर्कंदै थिए। विश्वासले बताएअनुसार उनी विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन् र उनकी पत्नी तथा छोराछोरी पनि त्यहीँ बस्छन्।

यता बेलायतका महाराजा चार्ल्स तृतीयले अहमदाबादमा भएको यो भयावह दुर्घटनाबाट आफू र महारानी कैमिला स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

यस्तै गुजरात सरकारले विमानमा सवार यात्रुका आफन्तहरूलाई शवको पहिचानका लागि डीएनए नमुना दिन अपिल गरेको छ। दुर्घटना अत्यन्तै भीषण भएको हुनाले धेरै शवहरूको पहिचान गर्न मुस्किल परिरहेको बताइएको छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ५८ बजे

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल